देशभर घरजग्गा कारोबार लगातार घट्दै गएपछि यसको असर राजस्व सङ्कलनमा पनि परेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षका पहिलो चार महिनामा राजस्व क्रमशः घट्दै गएको हो।
Advertisement
साउनमा तीन अर्ब २८ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भए पनि भदौमा तीन अर्ब १४ करोडमा झर्यो। असोजमा झनै घट्दै दुई अर्ब ७५ करोड भयो भने कात्तिकमा झर्ने क्रम जारी रहँदै राजस्व दुई अर्ब ७४ करोडमा सीमित रह्यो।
सरकारले घरजग्गा कारोबार सजिलो बनाउन नियमावली संशोधन गरे पनि अपेक्षित परिणाम नआएको विभागले जनाएको छ। कात्तिकमा मात्रै सेवा कर, दर्ता शुल्क र पुँजीगत लाभकर गरी कुल दुई अर्ब ७४ करोडभन्दा बढी राजस्व उठाइएको मन्त्रालयले जानकारी दिएको छ।

