भैरवनाथ पुजा व्यवस्थापन समिति माडी ९ को आयोजनामा ४ दिने अनुस्थानको कार्यक्रम सुरु भएको छ ।
Advertisement
माडीको धार्मिक पर्यटन प्रबर्द्धनको हेतुले राखिएको सो कार्यक्रम मंसिर २३ गते गजुर र मौलो स्थापना गरि सुरु गरिएको हो ।
यही २६ गते सम्पन्न हुने सो कार्यक्रममा कालभैरवको मूर्ति अनावरण गरिनुका साथै बहान कुकुरको प्रतिमूर्ति स्थापना गरिने पुजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम आचार्यले जानकारी दिनुभयो ।
प्रदेशको नमूना वार्ड कार्यक्रम अन्तर्गत पार्क, मुर्ति र पिकनिक स्पोर्ट् निर्माणका लागि ७ लाख बजेट बिनोयोजन भएको आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै हालसम्म ९ सय जनाले स्वतस्फूर्त मन्दिरका विभिन्न संरचना निर्माणका लागि श्रमदान गरेका छन् ।

