नेपाल कुखुरा व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञबाट तयार गरिएको प्रतिवेदनका आधारमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ निर्धारण गरेको छ । यसअघि लागत मूल्य रु १६.५६ पैसा थियो।
Advertisement
लागत मूल्य अध्ययन समितिका सदस्यसचिव डा. अनन्त दाहालका अनुसार १० हजार लेयर्स कुखुरा पालेका आधारमा चल्ला, दाना, औषधि–भेक्सिन, श्रम, विद्युत, ढुवानी, ह्रासकट्टी, बैंक व्याज लगायतका सबै खर्च जोड्दा कुल लागत रु ४ करोड ९८ लाख ५९ हजार पुगेको छ।
उत्पादन अवधिमा करिब ८ हजार कुखुराबाट २६ लाख ७ हजार ३६० अण्डा बिक्रीयोग्य हुने अनुमान गरिएको छ।
#PRD0820826