माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पारिवारिक खेती प्रवर्द्धन कार्यक्रम संचालन गर्न इच्छुक कृषि समूह तथा सहकारी संस्थाहरुबाट प्रस्ताव आव्हान गरेको छ।
Advertisement
संघीय सरकारबाट प्राप्त कार्यक्रमअन्तर्गत सञ्चालन हुने यो कार्यक्रमका लागि आवेदन सूचना प्रकाशित मितिबाट ७ दिनभित्र, अर्थात् मिति २०८२/०९/०२ भित्र कृषि शाखा वा कृषिसेवा केन्द्र (गर्दी/कृष्णनगर) मा पेश गर्न आग्रह गरिएको छ।
७ लाख बजेट विनियोजन गरिएको उक्त कार्यक्रम शिक्षित युवा कृषक लक्षित रहेको नगरपालिकाले जनाएको छ। तोकिएको कार्यविधि अनुसार आवश्यक कागजात सहित समयमै प्रस्ताव नआए मूल्यांकनमा समावेश नहुने जनाएको छ। थप जानकारीका लागि कृषि शाखामा सम्पर्क गर्न सकिनेछ।