राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डको ऐतिहासिक प्रथम अधिवेशन सन् २०२५ डिसेम्बर २४ तारिखका दिन वार्सामा भव्य रूपमा सम्पन्न भएको छ।
पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनमा नेपालका लागि पोल्यान्डका अवैतनिक वाणिज्य दूत डा. बुधराज सुवेदी प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघ (NRNA) पोल्यान्डकी निवर्तमान अध्यक्ष रिता न्यौपाने विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
साथै पोल्यान्डमा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा रहेका नेपालीहरूको समस्या, अधिकार र पहिचानका सवालमा रास्वपाको प्रवासी सङ्गठनले प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
अधिवेशनले भीमलाल उपाध्याय ‘विदुर’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ।
उपाध्यक्षमा ज्ञानबहादुर राई सचिवमा सन्तोष आचार्य ‘समिप’ सहसचिवमा मिना केसी ‘एन्जल’ कोषाध्यक्षमा राकेश राज दाहाल यसैगरी सदस्यहरूमा क्रमशः मेन्डल जर्गा मगर, कमलकुमार श्रेष्ठ, सन्देश बन्जारा, भीमप्रसाद भेटवाल, सैलेन्द्र लोहनी र सिला बराल तामाङ चयन हुनुभएको हो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै पोल्यान्डमा रहेका नेपालीहरूको हितका लागि निस्वार्थ रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष उपाध्यायले संस्थालाई पारदर्शी, उत्तरदायी र समुदायकेन्द्रित ढङ्गले अघि बढाउने संकल्प व्यक्त गर्नुभयो।
प्रथम अधिवेशनमार्फत रास्वपा प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डले प्रवासमा रहेका नेपालीहरूलाई राजनीतिक चेतना मात्र नभई सामाजिक, सहयोगात्मक र परोपकारी गतिविधिमा समेत एकताबद्ध गर्ने अपेक्षा गरिएको छ।

