राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले विपन्नलाई स्थान नदिएको भन्दै आपत्ति जनाएकी हुन् ।
समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ।
सुदूरपश्चिम बोल्नुपर्छ। सुचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोस्टमा हुनेहरू नै समानुपातिक सुचीको लागी आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु,बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छु, उनले भनेकी छिन् ।
पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा राख्न नहुने पनि उनले बताएकी छिन् । उनले भनेकी छिन् फेरी विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्।

