नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गर्नुभएको छ ।
निर्वाचन आयोगमा आधिकारितका दाबीका लागि पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले बहुमत केन्द्रिय सदस्यहरु अहिले पनि आफूहरुसँग रहेको भन्दै उहाँले निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरुले बाध्य बनाएको बताउनु भयो ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताउनु भयो । उहाँले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउने अधिकार रहेको भएपनि विशेष महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधिहरु केन्द्रिय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको जिकिर गर्नुभयो ।
कुनै पदाधिकारीले विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै व्यक्ति नभइ संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गर्नुभयो ।

