प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ।
यसै क्रममा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गर्दै छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका शाहले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तालिका रहँदा अध्यक्ष ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।
यसैबिच पूर्वप्रधानमन्त्री ओलीले उम्मेदवारी दर्ताअघि आज बिहानै सामाजिक सञ्जालमार्फत आज विशेष दिन भएको बताएका छन्।
उनले लेखेका छन्, ‘शुभ बिहानी ! हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ। हामीलाई पूरा विश्वास छ- हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ।
