नेपाली कम्युनिस्ट पार्टी चितवन क्षेत्र नं. ३ काे उम्मेदवार रेनु दाहालले निर्वाचनलाई लक्षित गरेर सञ्चारमाध्यमबाट प्रकाशित मत सर्वेक्षणकाे समाचार प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउनुभएकाे छ ।
Advertisement
सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै उहाँले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमा प्रसारित समाचारलाई भ्रामक रहेकाे टिप्पणी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएकाे हाे ।
साथै, त्यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/प्रसारण नगर्न उहाँले अनुरोध गर्नुभयाे ।
यद्यपि, निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा आँफू स्पष्ट रहेकाे उहाँकाे भनाइ थियाे । #PRD8211042
