नेकपा (एमाले)निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा स्वागत गरेका हुन् ।
नेकपामा प्रवेश गर्नेहरूमा खड्गबहादुर गजमेर, सीतारमा विक, खड्कबहादुर खाती, हलबहादुर खाती, राजन खाती, गीता खाती, अजित रिजाल, रामजी खाती, रमेश खाती, पदम सेन्चुरी, भुवन खाती, शकुन्तला खाती, दिपबहादुर खाती, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाती, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाती, शरण रसाली, राजु रिजाल, देवी रिजाललगायत नेता तथा कार्यकताहरू गरेको जनाइएको छ ।
कार्यक्रममा संयोजक प्रचण्डले प्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्ट एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।
