माडी सांस्कृतिक तथा पर्यटन उत्सव-२०८३ मा दुर्गेश थापा, र्यापर ST MAN देखि चर्चित लाेकदाेहाेरी गायक प्रकाश दुतराज सम्मकाे प्रस्तुति रहने भएकाे छ ।
माडी कला केन्द्रको आयोजनामा आगामी बैशाख ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुन लागेकाे उत्सवमा दुर्गेश थापा, र्यापर ST MAN, प्रकाश दुतराज, प्रिति आले
प्रकाश सपुत, खेम सेन्चुरी, सुजना खत्री (हाउडेमाया) त्यस्तैगरि शान्ता रानी परियार, एन्जिला रेग्मी, प्रिति पासवान, गंगु क्षेत्री, रवि रिमाल, सोनु कुस्मी, कला लम्साल, जगत गौडेल, अनिता क्षेत्री (अनु), विकास पाण्डे, चन्द्र परियार र सञ्जय सिंह रानाकाे प्रस्तुति रहने भएकाे हाे ।
कार्यक्रममार्फत माडी क्षेत्रको कला, संस्कृति, परम्परा तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएकाे छ । साथै, उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने आयाेजकले विश्वास लिएकाे छ ।
