माडीमा आयोजना हुन लागेको “माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३” मा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ।
माडी कला केन्द्रको आयोजनामा आगामी बैशाख ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उत्सवमा लोकदोहोरी तथा आधुनिक संगीत क्षेत्रका चर्चित कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
उत्सवमा दुर्गेश थापा, र्यापर ST MAN, प्रकाश दुतराज, प्रिति आले, प्रकाश सपुत, खेम सेन्चुरी, सुजना खत्री (हाउडेमाया), शान्ता रानी परियार, एन्जिला रेग्मी, प्रिति पासवान, गंगु क्षेत्री, रवि रिमाल, सोनु कुस्मी, कला लम्साल, जगत गौडेल, अनिता क्षेत्री (अनु), विकास पाण्डे, चन्द्र परियार र सञ्जय सिंह रानालगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।
उत्सवमार्फत माडी क्षेत्रको कला, संस्कृति, परम्परा तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको छ। साथै, आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
