नयाँ वर्षको अवसर पारेर देवघाट धाममा भक्तजनको उल्लेखनीय भीड लागेको छ ।
विशेषगरी बेणीसङ्गममा रहेको त्रिशूली नदी र कालीगण्डकी नदीको पवित्र सङ्गमस्थलमा स्नान तथा पूजा–आराधना गर्नेहरूको घुइँचो देखिएको हो ।
नयाँ वर्ष अर्थात् वैशाख १ गते बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरूले पवित्र स्नान गरी भगवान् प्रति पूजा–आराधना तथा दान–पुण्य गरेका छन् । धार्मिक मान्यता अनुसार यस दिन यहाँ स्नान गरी पूजा गरे वर्षभरि आइपर्ने दुःख–कष्ट तथा सङ्कटहरू टर्ने र जीवनमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास रहिआएको छ ।
हरेक वर्षझैँ यस वर्ष पनि नयाँ वर्षको अवसरमा देवघाट क्षेत्रमा भक्तजनको उपस्थिति उल्लेख्य रहेको छ । स्थानीय प्रशासनले भक्तजनहरूको सहजताका लागि सुरक्षा, सरसफाइ तथा व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ ।
देवघाट धाम नेपालकै प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक मानिन्छ, जहाँ विशेषगरी माघे सङ्क्रान्ति र नयाँ वर्षमा ठूलो सङ्ख्यामा भक्तजनहरूको आगमन हुने गर्दछ ।
#PRD0830101
