चितवनको माडी नगरपालिका–६ रामराज्यपुरमा रहेको स्वर्गीय कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको १३ औँ वार्षिक साधारण सभा तथा नवनिर्मित अतिथि भवनको समुद्घाटनको आयोजना गरिएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सो भवनको उद्घाटन गर्न लागिएको हो । यही ६ गते बिहान ९ बजे प्रतिष्ठानकै हलमा कार्यक्रम संचालन गर्न लागिएको स्व. कर्णबहादुर घर्ती प्रतिष्ठानका सभापति तुल प्रसाद घर्तीले जानकारी दिनुभयो ।
Advertisement
प्रतिष्ठानले विभिन्न क्षेत्रका सरोकारवालाहरू, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूलाई कार्यक्रममा उपस्थित भई आतिथ्यता ग्रहण गर्न आग्रह गरेको छ।
#PRD0830103

