धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दक्षिण सोमेश्वर धार्मिक समितिले भित्तेपात्रो (वाल क्यालेन्डर) सार्वजनिक गरेको छ।
Advertisement
समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो।
सार्वजनिक गरिएको भित्तेपात्रोमा माडीको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित शनि धामसँग सम्बन्धित विभिन्न धार्मिक गतिविधि तथा कार्यक्रमका आकर्षक तस्बिरहरू समावेश गरिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई माडी तर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले माडी क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै यसको प्रभावकारी प्रचार–प्रसारमार्फत पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने धारणा राखेका थिए।
