नुमान कुर्तुल्मुस ले नेपालमा टर्कीको दूतावास स्थापना गर्न सकारात्मक रहेको बताएका छन्। नेपालको संसदीय प्रतिनिधिमण्डलसँग इस्तानबुल मा भएको भेटवार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
भेटमा नेपालका राष्ट्रिय सभा अध्यक्षसहितको टोलीसँग टर्की–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो। दुई देशबीच कूटनीतिक, शैक्षिक तथा आर्थिक सहकार्यलाई विस्तार गर्ने विषयमा विशेष जोड दिइएको बताइएको छ।
टर्किस सरकारले नेपालका लागि सीमित कोटामा उपलब्ध गराउँदै आएको शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता पनि कुर्तुल्मुसले व्यक्त गरेका छन्। उनका अनुसार भविष्यमा छात्रवृत्तिको संख्या वृद्धि गर्दै नेपाली विद्यार्थीलाई थप अवसर उपलब्ध गराइनेछ।
त्यसैगरी, दुई देशबीचको व्यापारिक सम्बन्धलाई पनि मजबुत बनाउने सहमति भएको छ। दुबै पक्षले आपसी लगानी, व्यापार विस्तार तथा आर्थिक सहकार्यका सम्भावनाहरूलाई अघि बढाउने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्।
यो भेटवार्तालाई नेपाल र टर्कीबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
