माडी नगरपालिका कार्यालयले डढेलो नियन्त्रणसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। पछिल्ला केही दिनयता वनजंगल, झाडी तथा खेतवारीमा लागेको डढेलोका कारण वातावरण प्रदूषण बढ्दै जनस्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि नगरपालिकाले सचेत रहन आग्रह गरेको हो।
Advertisement
जारी सूचनामा वन, झाडी र खेतवारीमा जथाभावी आगो नलगाउन, चुरोट–बिडी लापरबाहीपूर्वक नफाल्न, फोहोर वा सुख्खा घाँस नजलाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ। साथै, कतै डढेलो देखिएमा तुरुन्त प्रहरी, दमकल वा सम्बन्धित वडा कार्यालयमा खबर गर्न पनि भनिएको छ।
नगरपालिकाले डढेलो नियन्त्रणका लागि सबै नागरिकलाई सहकार्य गर्न आह्वान गर्दै यस्तो कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
#PRD0830110

