माडी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अब नयाँ ढाँचामा गठन हुने भएको छ ।
Advertisement
नगरपालिकाले हालै लागू भएको केही नेपाल ऐन संशोधन अध्यादेश–२०८३ अनुसार सबै विद्यालयलाई व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएको हो । यसका लागि नगर कार्यपालिकाको कार्यालयले विद्यालयहरुलाई औपचारिक परिपत्रसमेत पठाएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार अब विद्यालय व्यवस्थापन समितिमा विद्यालयकै विद्यार्थीका अभिभावकलाई मात्र सदस्य बन्न मिल्ने व्यवस्था गरिएको छ । यसअघि भने संस्थापक, शिक्षाप्रेमी, स्थानीय बुद्धिजीवी वा विद्यालय सहयोगीमध्येबाट दुई जना सदस्य मनोनित गर्न सकिने प्रावधान थियो ।
अध्यादेश लागू भएसँगै पुरानो व्यवस्था स्वतः खारेज भएपछि माडीका सबै सामुदायिक विद्यालयमा नयाँ संरचनाअनुसार समिति गठन प्रक्रिया अघि बढ्ने भएको छ ।
