माडी नगरपालिले आर्थिक वर्ष २०८१/८२ मा बेरूजुमा व्यापक सुधार गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु रकम १ करोड ८१ लाख १४ हजारले घटाएको छ ।
Advertisement
महालेखा परिक्षकको हालै सार्वजनिक ६३ औं वार्षिक प्रतिवेदन अनुसार माडी नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ मा बेरुजु रकम जम्मा ३३ लाख ४५ हजार रहेको छ जुन ०.१६% हुन आउँछ । साथै, चितवनका ७ पालिकामध्ये बेरुजु प्रतिशत कम हुनेमा माडी पहिलो स्थानका रहेको छ ।
जबकी, माडी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा माडीको बेरुजु रकम २ करोड १४ लाख ५९ हजार अर्थात् १.०५ प्रतिशत रहेको थियो । जसमा माडी नगरपालिका चितवन जिल्लामा बेरुजु प्रतिशत कम हुनेमा छैठौैैं स्थानमा थियो । (माडीकाे बेरूजुकाे पूरा विवरण केही दिनपछि महालेखा परिक्षकले सार्वजनिक गर्नेछ ।) #PRD830206
