नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा डा।देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
शनिबार श्रद्धाञ्जली तथा समवेदना सन्देश जारी गर्दै नेता आङदेम्बेले डा.पाण्डेको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका हुन् ।
आङदेम्बेले नेपालमा लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता तथा उत्तरदायी शासन व्यवस्थाको पक्षमा डा. योगदान इतिहासमा सधैं सम्मानका साथ स्मरण गरिने उल्लेख गरेका छन् ।
उनले २०६२/०६३ सालको जनआन्दोलनका क्रममा नागरिक समाजका तर्फबाट डा।पाण्डेले खेलेको नेतृत्वदायी भूमिका तथा निरंकुशताविरुद्ध निरन्तर उठाएको निर्भीक आवाज लोकतान्त्रिक आन्दोलनका अमूल्य सम्पत्ति भएको बताएका छन् ।
सन्देशमा अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा डा। पाण्डेले नेपालको आर्थिक नीति, सार्वजनिक प्रशासन, सुशासन र विकाससम्बन्धी बहसलाई नयाँ उचाइमा पुराउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ ।
