माडी–३ इनारबरुवामा नौ दिनदेखि सञ्चालन भएको शिव महायज्ञ आध्यात्मिक जागरणको सन्देश प्रवाह गर्दै सम्पन्न भएको छ।
Advertisement
साउन ११ गतेदेखि १९ गतेसम्म चलेको महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। महायज्ञबाट १० लाख १४ हजार ८ सय ८३ रुपैयाँ दान सङ्कलन भएको आर्थिक संयोजक डिल्लीराम चौधरीले जानकारी दिनुभयो।
मूल पुजारीबाट शास्त्रोक्त विधिअनुसार पूजा–आराधना गरी महायज्ञको समापन गरिएको हो। समापन अवसरमा आयोजकले महायज्ञले स्थानीयस्तरमा धार्मिक चेतना र सामाजिक एकताको भावना बढाउन महत्वपूर्ण योगदान गरेको बताएका छन्।
कार्यक्रममा आयोजक, स्थानीय टोल सुधार समिति, महिला समूहका प्रतिनिधि तथा भक्तजनहरूको सहभागिता रहेको थियो।
