भरतपुर–११ स्थित मौलाकालिका अस्पतालले लायन्स क्लब्स इन्टरनेसनलद्वारा आयोजित जिल्ला क्याबिनेट पदाधिकारी पदस्थापन तथा प्रथम क्याबिनेट बैठकको विशेष अवसरमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरी सहभागी तथा समुदायका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।
कार्यक्रममा अस्पतालले स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य परामर्शसहितको स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागी लायन्स सदस्य, पदाधिकारी, अतिथि तथा समुदायका नागरिकले स्वास्थ्य सेवाबाट लाभ लिएका थिए।
सामुदायिक स्वास्थ्य र जनकल्याणलाई प्राथमिकतामा राख्दै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराएको जनाएको छ। यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
मौलाकालिका अस्पतालले स्वास्थ्य सेवा केवल अस्पताल परिसरमा सीमित नराखी समुदायस्तरमै पुर्याउने उद्देश्यले विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा सहकार्य गर्दै आएको जनाएको छ।
स्वास्थ्य सेवा केन्द्र सञ्चालनमार्फत समुदायको स्वास्थ्य र कल्याणमा योगदान पुर्याउन पाएकोमा अस्पतालले आयोजक, लायन्स सदस्य, सहभागी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
