चितवनको माडी नगरपालिका–३ बसन्तपुरस्थित हस्पिटल रोडमा आधुनिक सौन्दर्य सेवासहित ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा आएको छ।
सलुनको उद्घाटन माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटेर गर्नुभएको हो। सलुनका सञ्चालक ३१ वर्षीय भरत बहादुर स्वाँर हुन्। सुदूरपश्चिमको कैलाली घर भएका स्वाँर रोजगारी तथा व्यवसायको सिलसिलामा माडी आइपुग्नुभएको हो।
माडीमा चार वर्षदेखि फिजियोथेरापी सेवा सञ्चालन गर्दै आउनुभएका स्वाँरले पछिल्लो समय सौन्दर्य क्षेत्रमा समेत लगानी विस्तार गर्दै ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा ल्याउनुभएको छ ।
करिब १० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सलुनले हाल पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ युवा उमेरमै व्यवसायमा सक्रिय हुनुभएका स्वाँरले स्थानीयस्तरमै आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्य राख्नुभएको छ।
सलुनमा महिला, पुरुष तथा बालबालिकाका लागि हेयर कट, हेयर कलर, केराटिन, फेसियल, मेकअप, ब्राइडल मेकअप, हेड मसाज, थ्रेडिङ, स्मुथनिङ लगायतका आधुनिक सौन्दर्य सेवाहरू उपलब्ध छन्। माडीका सेवाग्राहीलाई गुणस्तरीय सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सलुन सञ्चालनमा ल्याइएको सञ्चालक स्वाँरले बताउनुभयो।
“युवाहरूले स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायमा लाग्नुपर्छ भन्ने मेरो उद्देश्य हो,” स्वाँरले भन्नुभयो, “स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै माडीमै गुणस्तरीय र आधुनिक सेवा दिन सकियोस् भनेर यो व्यवसाय सुरु गरेको हुँ।”
स्वाँरका अनुसार सलुनमा प्रयोग हुने औजार तथा उपकरणलाई निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्दै सरसफाइ र स्वच्छतालाई विशेष ध्यान दिइएको उहाँले बताउनुभयो।
नयाँ सलुन सञ्चालनको अवसरमा सेवाग्राहीका लागि एक महिनासम्म विशेष अफर समेत उपलब्ध गराइने सञ्चालक स्वाँरले जानकारी दिनुभयो।
व्यवसायसँगै युवालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउँदै स्वाँरले स्थानीय सरकारले युवाहरूलाई समय–समयमा सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सीप सिकेका युवाले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न सके रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता पनि केही हदसम्म घटाउन सकिन्छ।
सलुन उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, जनप्रतिनिधि, सुरक्षाकर्मी, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। नयाँ व्यवसायको सुरुवातसँगै माडीमा आधुनिक सौन्दर्य सेवाको दायरा थप विस्तार भएको छ।
#PRD0830501
