राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद र सरकारबीचको सम्बन्ध बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
Advertisement
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले तीनै पक्षबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
‘पार्टी सभापतिज्यूले बैठकमा पार्टी, संसद र सरकारबीच अन्योन्याश्रित सम्बन्ध भएकाले यी तीनवटैबीचको सम्बन्ध बलियो बनाएर जानुपर्छ भन्ने निर्देशन दिनुभएको छ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले भने ।
यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद तथा समर्थकको अनुशासनका विषयमा पनि निर्देशनात्मक धारणा राखेको खरेलले बताएका छन् ।
