चितवनमा गत साउनदेखि असोज ११ सम्म डेँगुबाट ४६७ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय चितवको तथ्यांक अनुसार माडीका ४ जनासहित डेँगु संक्रमितको संख्या ४६७ पुगेको हो ।
हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा बढि भरतपुर महानगरपालिकाका १४२ जना रहेका छन् भने सबैभन्दा कम माडी नगरपालिकाका २ पुरुष र २ महिला गरि ४ जना रहेका छन् । त्यस्तै ठेगाना नखुलेका ४६ जना र अन्य जिल्लाबाट आएका ११२ जना रहेको तथ्यांकमा उल्लेख छ । हालसम्म ६०९० जनामा परिक्षण भएको हो ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेँगुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि अनावश्यक रुपमा पानी जम्न नदिने, वरपर संधै सरफाइ राख्ने र शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ ।
Advertisement