होमस्टे महासंघ नेपालको चौथो महाधिवेशन आगामी असोज २५ गतेदेखि २७ गतेसम्म माडीमा हुने भएको छ ।
माडीको पर्यटन पर्बद्वन र जैविक विविधताको संरक्षण र सम्बर्द्धन गर्ने हेतुका साथ गर्न लागिएको सो कार्यक्रमले ग्रामीण समुदायको बिकास र रोजगारीमा टेवा पुग्ने अपेक्षा आयोजकको छ । प्राकृतिक सम्पदा र धार्मिक महत्वका हिसाबले समेत माडी अग्रणी रहेको हुँदा स्थानीय स्रोत र साधनको प्रयोग तथा स्थानीय क्षेत्रमा उब्जनी हुने अन्नबाली एवं तरकारी जस्ता कच्चा पदार्थको प्रयोगमा जोड दिने हेतुका साथ कार्यक्रम गर्न लागिएको आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
महाधिबेशनको उद्घाटन असोज २६ गते शुक्रबार पर्यटन मन्त्री सुदन किरातीले गर्नुहुनेछ । भने यसको बन्द सत्र माडीको पायक पर्ने ठाउँमा राखिने होमस्टे महासंघका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनिया थारुले बताउनु भयो ।