चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्य नगर्न र नगराउन सरकारले सम्पूर्ण उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्ले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन पनि आग्रह गरेको छ ।
‘नजिकिंदै गरेकाे चाडपर्वमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी गरी वस्तु बिक्री वितरण नगर्नरसम्पूर्णलाई नेपाल सरकारले ध्यानाकर्षण गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभएकाे हाे ।