राष्ट्रिय प्रजातन्त्र पार्टिका वरिष्ठ उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य बिक्रम पाण्डेले हनुमानझुला बासिले कहिले लालपुर्जा पाउँछन् ? भनेर सरकारलाई प्रश्न गर्नुभएको छ ।
Advertisement
माडीको सिधुवा चौरमा भएको खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा बोल्दै पाण्डेले निर्वाचनको समयमा हनुमान झुला लगायत सुकुम्बासी बस्तीमा बाँडेको निस्साको लालपुर्जा कहिले आउँछ भनेर जनताको तर्फबाट प्रश्न गर्न चाहेको बताउनुभएको हो ।
माडी क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद समेत रहनुभएका पाण्डले सरकार कसले चलाएको छ ? बागमती प्रदेशको साँसद को छ ? भनेर उल्टै प्रश्न गर्नुभएको हो । त्यस्तै अघिल्लो निर्वाचनको कार्यकालमा २०७४ सालदेखि २०८० सालसम्म माडीले किन बिकासको गति लिन सकेन आँफुलाई भनेर जनताले प्रश्न गरेको बताउनुभएको हो ।#PRD801001