नेपाली काङ्ग्रेसका माडी नगर सभापति कोमलनाथ भुषालले आगामि निर्वाचनमा गठबन्धन नगरि एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
Advertisement
पारदर्शी संवादमा कुराकानी गर्दै उहाँले चितवनमा गठबन्धनले राम्रो नतिजा नदेखाएको बताउनुभयो । काङग्रेस आँफैमा शक्तिशाली हुँदाहुँदै पनि गठबन्धन हुँदा झन् क्षती पुगेकोले अबको निर्वाचनमा रुखमा भोट हाल्ने वातावरण तय गर्न नेतृत्वलाई सुझाएको बताउनुभएको हो ।
गठबन्धनले काङ्ग्रेस पार्टि पंक्तीमा झन् नैराश्यता आएको, टिकटको कुरा नमिल्ने, भागबन्डाको कारण मनमुटाब बढ्ने र पर्टिलाई झन् कमजोर बनाउने अवस्था आएको भन्दै आफ्नो पहिचानको निम्ती काङ्ग्रेस सरकार बाहिर रहनपनि तयार हुनुपर्ने बताउनुभयो । #PRD80102