चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री एवं राप्रापा का बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेले जनताले समस्या समाधान र विकास निर्माण गर्न सांसद बनाएकाे भुल्दै उल्टै सरकारलाई प्रश्न गर्न थाल्नुभएकाे छ।
माडी-८, खरकट्टास्थित जनजीवन माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा बाेल्दै पाण्डेले नेताहरू काम नगर्ने तर गफ मात्र गर्नेहरुले अहिलेसम्म जनतालाई लालपुर्जा दिन नसकेको आरोप लगाउनुभयो ।
त्यस्तै माघ १३ गते माडीकाे बसन्तपुरमा भएकाे खेलकुद कार्यक्रम समापन समाराेहमा बाेल्दै पूर्वमन्त्री पाण्डेले आफू भाषण मात्रै गरेर हिड्ने नभइ काम गरेर देखाउने बताउनुभएकाे थियाे ।
गत माघ १ गते माडीको सिधुवा चौरमा भएको खिचरा उत्सव तथा थारु सम्बत् २६४७ को समापन कार्यक्रममा बोल्दै यहाँले हनुमानझुला बासिले कहिले लालपुर्जा पाउँछन् ? भनेर सरकारलाई प्रश्न गर्नुभएको हाे ।
त्यस्तै, गत भदाै २२ गतेे माडी-१ बरुवाको राधाकृष्ण मन्दिरको समुद्धाटन कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज भित्रको बाटोमा भदौ महिनाभित्रै चौबिसै घण्टा वारपार गर्न पाउनेगरि व्यवस्था गर्न सरकारसमक्ष अनुरोध गरेपनि त्यसकाे झण्डै आाधा वर्ष वितिसक्दा पनि कुनै सुनुवाई भएकाे छैन
निर्वाचनमा विजयी भएकाे पहिलाे वर्ष गुमनाम रहनुभएका पाण्डेले दाेस्राे वर्षबाट माडी झुल्किन थाल्नुभएकाे हाे । माडीका धार्मिक, साँस्कृतिक एवं खेलकुद लगायतका कार्यक्रममा पाण्डे माडी आउन थाल्नुभएकाे छ । #PRD801102