आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर मनाइदै छ ।
Advertisement
आजको दिन विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुद्वारा देवी सरस्वतीको पूजा अर्चना गरिन्छ । श्रीपञ्चमी/बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ ।
सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो ।
आजको दिन देशका विभिन्न धार्मिक स्थानका सरस्वतीको मन्दिरमा पूजा गर्नेको भीड लाग्दछ भने विधालय, कलेज लगायत शैक्षिक संस्थाहरूमा विधाकि देवी सरस्वती काे पुजा अर्जना तथा प्रसाद ग्रहण गरि नाचगानका साथ मनाइन्छ । #PRD801102