चितवनको नारायणी नदीमा सञ्चालनमा आएको रिभर क्रुजसिप अर्थात् मिनी पानीजहाजमा आन्तरिक पर्यटकहरु रम्न थालेका छन् ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.ले भरतपुर महानगरपालिका– १६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा सञ्चालन गरेको मिनि पानीजहाजमा बिहानको ब्रेकफाष्ट खाँदै क्रुजको मज्जा लिन सकिनेछ भने अग्रिम बुकिङ गरि क्रुजमा खाना खाँदै साँझमा डिनर समेत गर्न सकिन्छ ।
दैनिक ३ पटक: दिउसो १ बजे, ३ बजे र साँझ ५ बजे सञ्चालन भैरहेको उक्त पानीजहाजको टिकट शुल्क रु. ५०० कायम गरिएको छ । करिब २ सय जना क्षमताको उक्त पानीजहाजको भुइँतला र माथिल्लो तलामा ए.सि. जडित छ ।
नेपालकै पहिलो मानिएको मिनि पानीजहाजले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ भने यसबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई समेत टेवा पुग्ने आंकलन गरिएको छ । #PRD801103 #RiverCruiseShip