प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताउनुभएकाे छ ।
चितवनकाे नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताउनुभयाे ।ण
भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा छ। उहाँले भन्नुभयाे ‘ यसले देशलाई सन्देश मात्र दिएको छैन यथार्थमा नेतृत्व नै गरेको छ ।
उहाँले चितवनको विकासमा आफूले सहयोग गर्ने र योगदान गर्ने अवसर पाएको अनुभव सुनाउदै कृषि, सहकारी, उद्योग पर्यटन क्षेत्रलाई आधार बनाएर अगाडि बढिरहेको बताउनुभयाे ।
नारायणी नदि किनारमा भएकाे उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित पुर्व प्रधानमन्त्रीहरू केपि शर्मा ओलि, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल पुर्व गृहमन्त्री रवि लामिछाने लगायत प्रमुख राजनैतिक दलका प्रतिनिधि, महानगरवासि, विभिन्न विधालयका विधार्थिहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।