चितवनकाे नारायणी नदि किनारमा शुक्रबार एउटा दर्लभ दृश्य देखियाे । कुनैबेला एकले अर्कालाई खेदाे खन्न र एक अर्कालाई हिलाे छ्याप्न ब्यस्त अनि संधै राजनैतिक खिचातानि, सत्तापक्ष र प्रतिपक्ष भन्दै सडकदेखि संसदसम्म कुर्लने देशका प्रमुख राजनैतिक दलका नेताहरू आम जनतासंग एउटा महत्वपूर्ण विषयमा समर्थन र संवर्द्दन गर्न एउटै मंचमा उभिएर भन्दै थिए घुमाै भरतपुर ।
देशका वर्तमान प्रधानमन्त्री देखि पुर्व प्रधानमन्त्रीसम्म अनि नानिका बा, केपि बा, सेरबहादुर देउबा देखि लिएर जनताले मानेका भगवान समानका रबि दाइ सम्मकाे गरिमामय उपस्थिले भरतपुरकाे सान अझ उच्च बनाएकाे छ ।
हुन त राजनिति बुझिनसक्नुकाे छ । एकठाउँमा गएर एक अर्काकाे खेदाे खन्ने नेताहरू जनतालाई भिंडाएर आँफुहरू पदिय भागबन्डा मिलाउन संसदमा हातेमालाे सम्म गर्न भ्याउछन् । एउटा कार्यक्रममा संगै हात हल्लाएर स्वागत गरेका तिनै नेताहरू अर्काे कार्यक्रममा जुहारी खेल्न सुरू गर्छन् । कैले बाम गठबन्धन भन्दै कम्युनिष्ट धारका एक हुन्छ कहिले प्रजातान्त्रिक धारसंग सत्ता साझेदार गर्छन् ।
राजनैतिक सिद्धान्त जे सुकै हाेस्, जुनसुकै दलकाे हाेस्, माहाेल जुनसुकै हाेस् तर देशकाे प्रमुख राजनैतिक दलका पार्टि अध्यक्ष देखि केन्द्रीय स्तरका नेताहरू, चिर परिचित राष्ट्रिय कलाकार देखि विशाल जनसागरसम्म सबैलाई पर्यटन प्रवर्द्धनकाे एउटै सुत्रमा बाँधेर चितवकाे पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकि भरतपुर महानगरपालिकाकाे नगरप्रमुख रेनु दाहाल धन्यवादकाे पात्र हुनुहुन्छ ।
भरतपुरकाे पर्यटन प्रवर्द्दन हुने भनेकाे माडीकाे लागि फाइदाकाे विषय पनि हाे । किनभने भरतपुरसंग माडीकाे छिमेकि सम्बन्ध मात्रै नभएर अब भगिनि सम्बन्ध समेत स्थापना भैसकेकाे छ । तसर्थ सबै मिलेर लागि पराैं र भनाै घुमाैं भरतपुर । घुमाैं माडी । जाउँ कान्छि चितवन जिन्दगी बिताउन । धन्यवाद ।।।