नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपानेले सहकारी मुद्दाको ठगीमा परेका व्यक्ति नै राज्यको गृह मन्त्रालय सम्हालेको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्ध अभियान चितवनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता न्यौपानेले यस्तो बताउनुभएको हो । त्यस्तै उहाँले पञ्चायतकालमा औंला ठड्याएर बोल्न नपाइने र बोलेको खण्डमा जेल जानुपर्ने कुराको चरितार्थ गर्दै नेता न्यौपानेले गणतन्त्रले वाक स्वतन्त्रता ल्याएको बताउनुभयो ।
ठुलठुला दार्शनिक प्रवचन छाट्ने रास्वपा नै भ्रष्ट नीतिमा लागेको उदाहरण प्रस्तुत गर्दै नेता न्यौपानेले ताण्डब र काण्ड मच्चाउने नै आफ्ना कर्तुत लुकाउन सत्तामा लिसो झैं टासिंएको बताउनुभयो । अहिलेको परिवेशमा सरकार बन्ने कुरा कुनौ नौलो नभएको उल्लेख गर्दै सरकारले कस्तो काम गरेर देखाउछ भन्ने कुरा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । त्यस्तै नेता न्यौपानेले देशमा सुशासन र अमनचयन कायम गराउन देशका सबै दलहरु एकले अर्कोलाई आरोप पत्यारोप गर्नु भन्दापनि जिम्मेवार बन्नुपर्ने समेत तर्क गर्नुभयो ।