माडी नगरपालिले हाेलि पर्वकाे अवसरमा भाेलि साेमबार स्थानीय विदा दिएकाे छ ।
Advertisement
चैत्र १२ गते सोमबार तराईवासी एवम् थारु समुदायले विशेष रुपमा मनाउने फागु पुर्णिमा (होली पर्व) को अवसरमा नगर प्रमुख स्तरीय निर्णयानुसार माडी नगरपालिकामा स्थानीय विदा दिइएको सूचना प्रविधि अधिकृत प्रविण भण्डारीले जनाउनुभयाे ।
माडी नगर कार्यपालिकाको कार्यालय, वडा तथा अन्तरगतका कार्यालयहरू र नगर भित्र रहेका शिक्षण संस्थाहरूमा साेमबार विदा दिइएकाे हाे । #PRD801211