सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने नाराका साथ चितवनमा यही चैत १८ गतेदेखि २० गतेसम्म सहकारी दिवस मनाइने भएको छ । २ दिनसम्म चल्ने सो कार्यक्रममा चितवनभरका सहकारी संस्थाहरुको एक्यवद्धता रहनेछ ।
सहकारीसंस्थाहरुको छाता संगठनका रूपमा रहेका अन्य संस्थाहरुको समेत उपस्थिति रहने सो कार्यक्रममा सहकारीले गर्दै आइरहेका काम र यसको आयव्यय आदि सार्वजनिक गरिनेछ । हालसम्म चितवनमा सहकारीका माध्यमबाट प्रत्यक्ष रोजगारी ५ हजार ९ सय ५० जनाले पाएका छन् । भने ३ लाख ३१ हजार हालसम्म सहकारी सदस्यहरु रहेका छन् । र हालसम्म चितवनमा सहकारीको माध्यमबाट ३ अर्व ९७ करोड शेयर संकलन भएको सहकारी संघका उपाध्यक्ष तुलसी उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार कार्यक्रमको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने समेत उपाध्यायले जानकारी दिनुभयो । यस्तै सो कार्यक्रममा स्टल अबलोकन तथा सहकारीले गरेका कामका बारेमा समिक्षा र नयाँ योजनाका बारेमा समेत छ्लफल गरिनेछ ।
उद्घाटन सत्रका दिन बिहान ११ बजे चौबीसकोठी देखि प्रभात फेरि कार्यक्रम, १२ बजेदेखि औपचारिक कार्यक्रम सुरुवात हुनेछ भने र्यालीमा सहभागी हुने उत्कृष्ट संस्थाहरुलाई क्रमशः प्रथम पुरस्कार रु. ३० हजार दोस्रो पुरस्कार रु. २० हजार र तेस्रो पुरस्कार रु. १५ हजार र सान्त्वना पुरस्कार रु. ५ हजार ३ वटा सहकारी संस्थाहरुलाई प्रदान गरिने सहकारीले जनाएको छ ।