शिक्षकहरुको आन्दोलनकाे कारण माडी क्याम्पसमा नियमित पठन पाठन अवरूद्द भएकाे भन्दै माडी क्याम्पसका विधार्थी संगठनहरूले पठनपाठन नियमित हुने वातावरण सिर्जना गर्न २४ घण्टे अल्टीमेटम सहित संयुक्त विज्ञप्ति जारी गरि माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
Advertisement
माडी क्यम्पसका स्ववियु सभापति एवं अध्यक्ष राकेश चाैधरी, अखिल क्रान्तिकारीका रवि भुर्तेल, अनेरास्ववियुका सुर्य भण्डारी, नेपाल विधार्थी संघका सुरज लामिछाने र अनेरास्ववियूका गौरव अधिकारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति जारि गर्नुभएकाे हाे ।
पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल, माडी क्याम्पस इकाई समितिले तलब बृद्धिको माग गर्दै क्याम्पसको पठनपाठन अनिश्चितकालिन बन्द गरेको थियाे । समितिले हातमा कालो पट्टी र कालो झण्डा सहित धर्ना समेत दिएका थिए । #PRD801225