माडी नगरपालिकाकाे नगर प्रमुख ताराकुमारी काजी महताेको नेतृत्वमा माडीको सर्बदलिय प्रतिनिधिमण्डलले साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटि माडीको प्रमुख समस्याहरु बारे ध्यानाकर्षण गराएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको सडकलाई धुलोरहित बनाउन, रिउ खोलामा संघीय सरकारकै वहुवर्षिय योजनामा समावेश हुने गरी व्यवस्थित कोरिडोर निर्माण गर्न र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीको पूर्नलेखन गर्ने साथै पुनर्सिमाङ्कन हुने व्यवस्था मिलाउन लगायतका विषयवस्तु समेटि प्रधानमन्त्री समझ अनुराेध पत्र बुझाइएकाे हाे ।
माडीका समस्या र गुनासोबारे आँफु जानकार रहेको बताउँदै प्रचण्डले आफुले नै संसदमा वन ऐनको संसोधन ल्याउन लागेकाे बताउनुभयाे । त्यस्तै निकुञ्ज भित्रको सडककाे विषयमा भौतिक पुर्वाधार मन्त्रालयले मन्त्रीपरिषद्मा पठाउन साथ निर्णय प्रक्रिया अगाडी बढाउने, ठोरी नाका को स्तरउन्नति र अन्य भौतिक बिकास निर्माणका काममा आफ्नो ध्यान पुग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
प्रधानमन्त्री संगकाे भेटमा माडीकाे नगरप्रमुख संगै बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरपालिकाकाे प्रमुख रेनु दाहाल सहित ६ दलका प्रतिनिधि र एक अभियन्ता सहित करिब २८ जनाकाे उपस्थिति रहेकाे थियाे । #PRD801226