शनि मन्दिर (दक्षीण सोमेश्वर कालीका) धार्मिक समितिको अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदि सर्वसम्मतले चयन हुनुभएको छ ।
माडी–७ देवेन्द्रपुरस्थित शनि मन्दिर धार्मिक समितिको प्रथम अधिवेशनले सुवेदिलाई सर्वसम्मतले चयन गरेको हो । १३ सदस्यिय कार्य समिति रहेको उक्त समितिको उपाध्यक्षमा भवानी प्रसाद आचार्य, सचिवमा जगतराज अधिकारी, कोषाध्यक्षमा कमला काफ्ले र सह सचिवमा रेवती पौडेल चुनिनुभएको हो ।
त्यस्तै, सदस्यहरुमा लेखनाथ अधिकारी, कृष्ण प्रसाद पौडेल, तिल कुमारी थापा, शोभाखर सुवेदि र कुल प्रसाद खनाल रहनुभएको छ भने ३ जना पछि चुनिनुहुनेछ ।
अधिवेशनले, निलकण्ठ काफ्ले, रमाकान्त सापकोटा र नन्दलाल अधिकारीलाई लेखा समिति सदस्यमा चयन गरेको छ ।
शनि मन्दिर व्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष अर्जुन बहादुर शाहि ठकुरीकाे अध्यक्षता सम्पन्न उक्त अधिवेशनमा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदिको प्रमुख आतिथ्यता रहेकाे थियाे । #PRD810107
Sudarshan Subedi