चितवनमा पहिलोपटक आइएसएमटी कलेज, भरतपुरमा अन्तरराष्ट्रिय स्तरको अध्ययन अध्यापनको लागि ब्रिटीश एमबीए तहको भर्ना शुरु भएको छ ।
स्वदेशमै अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा तथा जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित आइएसएमटीमा एमबीए तहको पढाई शुरु गर्न लागिएको हो । लण्डनको सन्डरल्याण्ड युनिभर्सिटीबाट सम्बन्धन प्राप्त उक्त संकायको अप्रिल देखि भर्ना कार्यक्रम शुरु गरिएको आइएसएमटी कलेज, चितवनका अपरेशन मेनेजर अस्मित आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार, मे ईन्टेकका लागि अध्ययन अध्यापन शुरु गरिने छ ।
चितवनमा पहिलोपटक यो कार्यक्रम शुरु गर्न लागिएकोले बिद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ रहेको छ । ‘यो प्रोग्राम,बैंक मेनेजर, सिइओ, आइटी मेनेजर, होटल मेनेज्मेण्ट तथा उद्योगीहरुको लागि उपयोगी कोर्ष हो, आचार्यले भन्नुभयो, स्वदेशमै अवसर खोज्नेलाई पनि उपयुक्त छ । विदेशमा गएर काम गर्छु भन्नेलाई पनि प्रशस्त अवसर छ ।’
स्नातक तहमा जुनसुकै संकायबाट पास गरेका र ५० प्रतिशत प्राप्ताङ्क ल्याउने विद्यार्थीले भर्ना गर्न सक्ने उहाँले जानकारी दिनुभयो । विद्यार्थीले गरेको रिसर्च र उपलब्धीलाई जर्नलमा समेत प्रकाशन गरिने उहाँको भनाइ छ । यो तहको कोर्षको अवधि दुईबर्षको हुनेछ । आइएसएमटीले यो तहको भर्ना कार्यक्रम विराटनगरमा समेत शुरु गरिएको आचार्यले जानकारी दिनुभयो ।