भरतपुरको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणको लागि खुला गरिएकाे छ ।
Advertisement
वि.सं. २०२६ सालमा राजा महेन्द्रले दियालो बंगला दरबार बनाउन लगाएका थिए । सोहि दरबारमा उनकाे वि.सं. २०२८ सालमा मृत्यु भएको थियो । संग्राहलयमा केही व्यवस्थापनका कामहरू बाँकि रहेकाेले सर्वसाधारणकाे लागि केहि समयपछि खुला गरिने बताइएकाे छ ।
संग्रहालयको आज आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभयाे । भरतपुर महमनगरपालिकाले सञ्चालन गर्ने उक्त संग्राहलय नेपाल ट्रस्टको स्वामित्वमा रहेको छ ।