असार २८ गते भरतपुर २९ स्थित सिमलताल पहिरोमा परि ज्यान गुमाएकाहरुको सम्झनामा आज एकदिने नाम सङ्किर्तन गरिएको छ ।
धनेश्वर शिवालय मन्दिर १२ नौरङ्गे टोलको आयोजनामा भएको उक्त कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर भण्डारीको अध्यक्षता रहेको थियो ।
Advertisement
हिन्दुशास्त्र अनुसार, अकालमा ज्यान गुमाएकाहरुको शव नभेटिएको खण्डमा कुशको शरीर बनाएर दाहसंस्कार गर्ने परम्परा छ । यसैगरी शास्त्रमा मृतकको मोक्ष प्राप्तिको लागि महायज्ञ एवं नाम सङकिर्तन गर्ने परम्परा रहेकाले मृत आत्माको उद्धारको लागि सङकिर्तन गरिएको पण्डित बुद्धिसागर भण्डारीले जानकारी दिनुभयो ।
उक्त सङकिर्तनमा झन्डै एक सय पचास जना भक्तजनको सहभागीता रहेको भरतपुर १२ नौरङ्गे टोलका अध्यक्ष संतोष पन्तले जानकारी दिनुभयो ।