पारदर्शी अनलाइनले भदाै ७ गतेबाट खुला पुस्तकालय सुरू गर्ने भएकाे छ ।
Advertisement
तार्किक, बैचारिक र बाैद्दिक स्तर वृद्धि गर्न तथा साहित्य, दर्शन र ज्ञानवर्द्दक कुराहरूमा रुचि राख्नेहरूका लागि पुस्तक अध्ययन गर्न दैनिक १ रूपैयां तिरी घरमै लगेर पुस्तक अध्ययन गर्न सकिनेछ ।
पुस्तकालयमा उठेकाे रकमले थप पुस्तकहरू खरिद गर्न छुट्याइने पारदर्शी अनलाइन डट्कम् का अध्यक्ष अजित अधिकारीले बताउनुभयाे ।
१०० बढि पुस्तकहरूबाट सुरू गरिने खुला पुस्तकालयमा आँफुसंग उपलब्ध पुस्तकहरू समेत पुस्तकालयलाई साैजन्य गरि अन्य व्यक्तिहरूकाे लागि अध्ययनकाे अवसर समेत दिन सकिनेछ ।
विधागत पुस्तकहरूकाे विवरण बुझ्न तथा अध्ययन बुकिङकाे लागि www.pardarshionline.com मा “खुला पुस्तकालय” शिर्षकबाट र पारदर्शी अनलाइनकाे टेलिफाेन नम्बर 056-590960 मा सम्पर्क गर्न सकिनेछ । #PRD810504