मैयादेबी श्रेष्ठ ट्रस्टका महासचिव एवं मैयादेबी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै पौडेलले स्थापना कालदेखि ट्रस्ट र मैयादेबी कन्या कलेजले शिक्षा क्षेत्रमा ठूलो लगानी बढाएको बताउनुभएको हो ।
आजको परिवर्तनशिल समाजमा विद्यार्थीलाई संस्कार सिकाउनु अपरिहार्य भएको बताउनुभयो । व्यवहारिक र सैद्धान्तिक शिक्षा आजको प्रमुख आबश्यकता भएको बताउदै उहाँले घरायसी कामका बारेमापनि शिक्षा दिनुपर्ने बताउनुभयो ।चितवनमा शिक्षा स्वास्थ्यका पूर्वाधारमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको मैयादेबी श्रेष्ठ ट्रस्टले शैक्षिक सुधारका योजना सहित बिद्यार्थीलाई छात्रवृत्ति र पोशाक समेत वितरण गर्दै आइरहेको छ ।
विभिन्न समयमा चितवनका नर्सरीदेखि दश कक्षासम्म अध्यनरत विपन्न बिद्यार्थीका लागि निशुल्क भर्ना, छात्रवृत्ति, पोशाक जस्ता कार्यहरू समेत गर्दै आइरहेको छ ।
कक्षा १ देखि १२ सम्मको (माध्यमिक शिक्षा)लाई पूर्णतः निशुल्क बनाउनुपर्ने पौडेलले जिकिर गर्नुभयो । आजको युगमा समेत बिद्यार्थीहरु बिद्यालय भर्ना हुनबाट बन्चित हुनुपरेको स्मरण गर्दै उहाँले भर्ना प्रक्रियामा सबै प्रकारका बिद्यार्थीलाई समाबेश गराउनुपर्ने धारणा राख्नुभयो ।
पौडेलले आफ्नै निजि लगानीमा चितवनका केही बिद्यालयलाई पोशाक र छात्रवृत्ति समेत प्रदान गर्दै आइरहनुभएको छ । कैलाशनगर मावि भरतपुर ५ लाई २१ हजार रुपैयाँ र ६ महिनासम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ ।