भरतपुर १० स्थित हाकिम चोकमा रहेको बोस्टन इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालय अन्तर्गत बीबीए, बीबीए-फाइनान्स, बिसिएसआइटी एवं एमबिए गरी चारवटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
कलेजले सो कार्यक्रम भदौ ११ आयोजना गर्दैछ । साथै यसै वर्षबाट अर्को कार्यक्रम बिएचएम पनि सञ्चालन हुन लागेको कलेजका सह-कार्यक्रम संयोजक विमल अर्यालले जानकारी दिनुभयो ।
बिबिए, बिबिए-फाइनान्स, बिसिएसआइटी र एमबिए कार्यक्रम सञ्चालनका विषयकमा कलेजले आज एक कार्यक्रमकाबीच पत्रकार सम्मेलनद्वारा जानकारी गराएको हो ।
बिएचएम कार्यक्रम चार वर्षे कार्यक्रम हो । जसले मुख्य रूपमा हस्पिटालिटी म्यानेजमेन्टलाई केन्द्रित गर्दै विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक विज्ञता उन्मुख गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अर्यालले जानकारी दिनुभयो ।
उक्त ओपन हाउस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विषयविज्ञहरू मार्फत विएचएम कार्यक्रमबारे पूर्ण रुपमा जानकारी गराइनेछ ।
न्युनतम ४०० घण्टा भन्दा बढी पेड वर्क, १८ महिने इन्टर्नसीप कार्यक्रम, ५ तारे होटलको भ्रमण, निशुल्क फ्रेन्च र चाइनिज भाषाको अध्यापन र शतप्रतिशत रोजगारीको व्यवस्था समेत कलेजले गरेको छ ।