माडीको एक युवाहरुको टिम चुमभ्यालीको पदमार्गको यात्रामा माडीको पर्यटन पर्वद्धन गर्न पर्टयकिय स्थलहरुको जानकारीमुलक ब्यानर सहित निस्किएका छन् ।
Advertisement
यात्राको क्रममा सबैलाई माडीको अयोध्याधाम, माछापोखरी पकेट क्षेत्र, सोमेश्वरगढि, बाल्मिीकी आश्रम, चितवन राष्ट्रिय निकुञ्ज, बैकुण्ठ ताल, परशुराम कुण्ड र गोद्धकनाथको चिनारी सहित माडी भ्रमणको निम्तो दिने टोलीका एक युवा नवराज चपाईंले बताउनुभयो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने चुम उपत्यका अर्थात् चुमभ्याली अनुपम प्राकृतिक सौन्दर्यता र मनोरम दृष्यले भरिपुर्ण क्षेत्र हो । अहिंसात्मक क्षेत्रको रुपमा रहेको बौद्ध धर्मामबलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली त्यहाँको अर्को साँस्कृतिक विशेषता हो । #PRD810720
Navraj Chapagain Nabin Arzun Chapai Bishwash Jung Xettry Narayan Subedi