कहाँ चुकिरहेको छ नेपालको क्रान्ति पछी को नेतृत्व ?
आधुनिक नेपाल को इतिहास हेर्ने हो भने सुरुवाती चरण देखि नै विभिन्न द्वन्द्व, हिंसात्मक द्वन्द्व , राज्य एकिकरणको लडाई, सिमा शुरक्षाका लडाइँ , गद्दी प्राप्तिका हिंसा देखि अधिकार प्राप्तिका आन्दोलन सम्म विभिन्न उतारचढाव व्यहोर्दाै आयको छ।
सत्ता प्राप्तिको हिंसात्मक गतिबिधिबाट उदाएको सामन्त होस या आन्दोलनबाट स्थापित नेतृत्व सत्ता प्राप्तिको तहसम्म उनिहरुको भमिका उत्कृष्ट नै देखिन्छ। तर जब सत्तामा पुग्दछन उनिहरुको राज्यसञ्चालनको क्षमता सामन्तवाद को नेतृत्वको जत्तिको पनि देखिदैन । वैचारिक आन्दोलमा उत्कृष्टता प्रदर्शन गरेका नेताहरु राज्य संचालनको तहमा पुग्दा किन बिचार शुन्य देखिन्छ ? खोजिको विषय बनेको छ। आज भएका पार्टीभित्र पुस्तान्तरण र नयाँ पार्टी सहित नयाँ नेतृत्वको कुरा गर्न थालिएको छ । केही वर्षभन्दा पहिला यिनै पार्टिहरु पनि नयाँ नै थियो। तीन को चुरीफुरी पनि अहिलेकाभन्दा कमी त पक्कै थिएन। जब सत्तामा पुगे तिनिहरुको हैसियत नेपाली उखानलाई प्रयोग गर्ने हो भने चुरी लगायर हिड्ने तहमा पुग्यो। आजका भाईरलहरुको पनि एक झल्को त देख्न पाई सकिएको छ। यनी र तिनी को प्रतिस्पर्धा केवल सत्ता प्राप्तिको तहसम्मको मात्र देखिएको छ।
राज्य संचालन भन्ने बिषय दिर्घकालिन सोच सहितको कार्ययोजना बिषय हुनुपर्ने हो । हाम्रो देशमा अनुभव व्यहोरेका अल्छी नेता हुन या आलाकाँचा खुराफाती कसैलेपनी जनताले महसुस हुनेगरी विकास गर्न नसकिनुको कारण के हो भनेका छैनन् । आन्दोलनले सत्ता प्राप्ति गरेकाहरुलाई देखेर आन्दोलन आन्दोलन त भनीरहेकाछन तर सत्ता प्राप्ति पछिको समस्या के हो? र कुन दुधले नुहायर शुद्दीने हुन भनेका छैनन्।
अक्टोबर क्रान्ति सन् १९१७ मा भएको एक ऐतिहासिक घटना हो, जसले रूसमा जार निकोलस द्वितीयको शासन समाप्त गरी बोल्शेभिकहरूको नेतृत्वमा पहिलो समाजवादी राज्यको स्थापना गर्यो। यसलाई बोल्शेभिक क्रान्ति पनि भनिन्छ। यो क्रान्ति कार्ल माक्र्सको सिद्धान्तलाई आधार मानेर समाजवादतर्फ अघि बढ्नको लागि गरिएको थियो । यो क्रान्तिको प्रमुख नेता भ्लादिमिर लेनिन थिए। अक्टोबर क्रान्तिपछि रूसमा सामन्ती शासनको अन्त्य भयो र सर्वहारा वर्गको नेतृत्वमा नयाँ सरकारको स्थापना भयो। यसले पछि सोभियत संघको स्थापना र अन्य कम्युनिस्ट आन्दोलनहरूको उदयमा ठूलो प्रभाव पारेको थियो।
अब नेपालको सन्दर्भमा २०६२/०६३ को क्रान्तिलाइ रुसको अक्टोबर क्रान्तीसंग धेरै थोरै तुलना गर्न सकिन्छ । तर दुबै देशका राजनितिक परिबर्तन पछि अवस्था परिबर्तन कति तुलना गर्न सकिने अवस्थामा छैन त ?
त्यसको लागि अक्टोबर क्रान्तिका केहि प्रमुख उपलब्धिहरु हेरौं ।।
१. पहिलो समाजवादी राज्यको स्थापना: अक्टोबर क्रान्ति सफल भएपछि संसारकै पहिलो समाजवादी राज्यको स्थापना भयो। यो पहिलो पटक थियो कि सर्वहारा वर्गले सत्ता प्राप्त गरेर समाजवादी सरकार चलाएको थियो।
२. समानता र सामूहिक स्वामित्वको नीति: क्रान्तिपछि भूमिसुधार, उद्योग र बैंकहरूको राष्ट्रियकरण गरियो, जसले श्रमिक र किसानहरूको हितलाई ध्यानमा राखेर आर्थिक साधनहरूको सामूहिक स्वामित्वमा जोड दियो।
३. शिक्षा र स्वास्थ्यमा सुधार: नयाँ सोभियत सरकारले सबैका लागि निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न थाल्यो। यसले जनताको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्यायो।
४. महिलाको अधिकारमा सुधार: क्रान्तिपछि महिलाहरूलाई पुरुषसरह समान अधिकार प्रदान गरियो। उनीहरूलाई मतदानको अधिकार, शिक्षा, रोजगारी, र सामाजिक क्षेत्रमा समान अवसर प्राप्त भयो।
५. वैश्विक प्रभाव: अक्टोबर क्रान्तिले विश्वभरका मजदुर र समाजवादी आन्दोलनहरूलाई प्रेरणा दियो। यसले विभिन्न देशमा समाजवादी र कम्युनिस्ट आन्दोलनहरूको विस्तार र विकासलाई प्रोत्साहन गर्यो।
६. सांस्कृतिक र वैज्ञानिक प्रगति: सोभियत संघमा वैज्ञानिक अनुसन्धान र सांस्कृतिक गतिविधिमा ठूलो प्रगति भयो। साहित्य, कला, विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान गरियो, जसले सोभियत संघलाई शक्तिशाली राष्ट्र बनाउन मद्दत गर्यो।
७. श्रमिकको जीवनस्तरमा सुधार: अक्टोबर क्रान्तिपछि श्रमिकहरूको हक र अधिकारलाई संरक्षण गरियो, न्यूनतम ज्याला, कामको घण्टा, र कार्यस्थलमा सुरक्षा जस्ता कुरामा सुधार गरियो।
यी उपलब्धिहरूले रूसलाई एक समाजवादी राष्ट्रको रूपमा स्थापित गर्दै अन्य देशहरूमा समेत समाजवादप्रति सकारात्मक दृष्टिकोण बनाउने कार्य गर्यो।
नेपालमा २०६२/०६३ को जनआन्दोलनका प्रमुख उपलब्धिहरू यस प्रकार छन्:
१. राजतन्त्रको अन्त्य: जनआन्दोलनको सफलतापछि नेपालमा २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्र अन्त्य भयो र देशलाई गणतन्त्र घोषणा गरियो।
२. संविधानसभाको निर्वाचन: जनआन्दोलनले संविधानसभाको निर्वाचनको मार्ग प्रशस्त गर्यो, जसको माध्यमबाट जनताद्वारा निर्बाचित संविधानसभाले नयाँ संविधान बनायो।
३. धर्मनिरपेक्षताको घोषणा: यो आन्दोलनपछि नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रको रूपमा घोषणा गरियो, जसले सबै धर्मका मानिसलाई समान अवसर र सम्मान प्रदान गर्यो।
४. संघीयतामा प्रवेश: आन्दोलनपछि संघीय लोकतान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने प्रक्रिया थालनी भयो। यसले देशलाई प्रदेशहरूको आधारमा विभाजन गरी स्थानीय स्तरमा अधिकार प्रत्यायोजन गर्यो।
५. राजनीतिक दल र जनताको शक्ति सुदृढीकरण: जनआन्दोलनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राजनीतिक प्रणालीलाई सुदृढ बनायो। यसले राजनीतिक दलहरूलाई स्वतन्त्र रूपमा क्रियाशील हुनका लागि वातावरण सिर्जना गर्यो।
६. मानव अधिकारको सुनिश्चितता: आन्दोलनपछि संविधानमा नागरिक अधिकार, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक अधिकारहरूको सुनिश्चितता गरियो।
७. शान्ति प्रक्रिया र माओवादीको मुख्यधारमा प्रवेश: माओवादीलाई राजनीतिक मूलधारमा ल्याएर शान्ति प्रक्रियामा समेटियो, जसले दशक लामो हिंसात्मक द्वन्द्वको अन्त्य गर्यो।
८. महिलाको सहभागिता र अधिकारमा वृद्धि: नयाँ संविधान र व्यवस्थामा महिलाको सहभागिता सुनिश्चित गरियो। स्थानीय तहदेखि संसदसम्म महिलाको आरक्षण व्यवस्था गरियो।
यसरी हेर्ने हो भने नेपालको आन्दोलनहरुले पनि परिवर्तन नगरेका भने हैनन यी उपलब्धिहरूले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित गर्दै सबै नागरिकका लागि समानता, स्वतन्त्रता, र समावेशीताको आधारमा नयाँ संरचना निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका खेल्नु पर्ने हो। तर दुखको कुरा के भने हाम्रा आन्दोलका नेतृत्वमा सत्ता प्राप्ति पछिको राज्य पुनर्निर्माण मा दिर्घकालीन सोच र जनमुखी कार्यशैली देखिएन उनिहरु श्रीपेच विनाका सामन्त बन्नपुगे । सामन्तवादको शान शैकतमा रुमलिदै पिर्के सलामीमा मोहित भए। सामन्तवाद ढल्दापनी नढलेको दलाल पुंजिवाद झन झन माैलाउने अवसर पायो। नेताहरुलाई कठपुतली बनाउदै तिनै दलाल पुँजिपतीहरु सरकार भत्काउने र बनाउने खेलका आफ्ना योजनाहरु सरकारको निती बनाउन पुगे।
दलाल पुंजिबादले हाम्रो देशलाई यसरी गाँजेको छ कि विचारले कार्यकर्ता उत्पादन गर्नपर्नेमा हाम्रो देशमा पैशाले कार्यकर्ता उत्पादन गर्न थालेको छ। दलाल पुंजिवादले नै आन्दोलनको मोडल तयार गरेको छ। एउटै आन्दोलनले अरबाैंको व्यापार बढाएको छ। एकठाउँकाले कमाएर पुगे ठाउँ फेरी फेरी आन्दोलन गराएको छ। वहकिएको नेपाली समाजलाई रमिते बनाएको छ।
विश्वका विभिन्न देश एकजना नेता कै दिर्घकालिन सोच र कार्यसैली ले कायापलट हुन पुगेका छन ।नेपालमा पनि बार बार को क्रान्ती हैन क्रान्तिकारी नेपाली लेनिन चाहिएको छ , इच्छासक्तिले भरिपुर्ण डा. महाथीर विन मोहम्मद चाहियको छ । राष्ट्र प्रेमले ओतप्रोत फिडेल क्यास्ट्रो चाहिएको छ। अझ भनौं भने राष्ट्र , राष्ट्रियता अनि बिकास र समृद्धि सहित सुशासनको योजना भएको खाट्टी नेपाली “बा” नै चाहिएको छ । नेपाली कम्युनिस्ट नेताहरुको अबको प्रतिस्पर्धा यसै दिशातिर होस भन्ने कामना गर्दछु।
– नारायण प्रसाद पाैडेल