नेपाल रेडक्रस साेसाईटी चितवन जिल्ला शाखा र माडी नगरपालिकाकाे संयुक्त आयाेजनामा मानसिक स्वास्थ्य तथा मनाेसामाजिक परामर्श सम्बन्धि तीन दिने तालिम आजबाट सुरू भएकाे छ ।
Advertisement
नेपाल रेडक्रस साेसाईटी माडीका चार वटै उपशाखाहरूकाे समन्वयमा माडी नगरपालिका वडा नं. ३ काे सभाहलमा सुरू भएकाे उक्त तालिममा माडीका माध्यमिक विद्यालयका प्रधानाध्यापक , विद्यालय नर्सहरू र शिक्षक नायक तथा शिक्षक प्रतिनिधिहरूका लागि दाेस्राे चरणको बालबालिका उत्थानशील तालिम कार्यक्रम आज बाट सुरू भएकाे नेपाल रेडक्रस साेसाइटि बघाैडा उपशाखाका सभापति रामबन्धु पाेख्रेलले जनाउनुभयाे ।
माडी नगरपालिकाे समेत लागत सहभागिता हुने गरि नेपाल रेडक्रस साेसाइटिले सञ्चालन गरेकाे परियाेजना अन्तर्गत साे कार्यक्रम सञ्चालन भएकाे हाे । कार्यक्रमलाई माडीका चारवटै रेडक्रस साेसाइटि उपशाखाले समन्वय गरेका छन् ।