बालकुमारी कलेज नारायणगढको आयोजनामा सौराहामा जारी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएकौ छ ।
कलेजले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा “समावेशी र दिगो बिकासको लागि रुपान्तरण, नवप्रबर्द्धन डिजिटलाइजेसन” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।
आइतबार सौराहा स्थित मोनालिसा होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय सम्मेलनको समापन गरिएको हो । बालकुमारी कलेज संचालक समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनको समापन कार्यक्रममा अन्तराष्ट्रिय सम्मेलनका संयोजक डा. गुणराज क्षेत्रीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गनुभयो ।
सम्मेलन आयोजक समितिका संयोजक डा. गुणराज क्षेत्रीले दुईदिने सम्मेलनमा नेपाल, चीन, भारत, भुटान, बंगलादेश, थाइल्याण्ड र अस्ट्रेलियाका विज्ञहरुबाट ५० वटा कार्यपत्र प्रस्तुत भएको जानकारी दिनुभयो ।
वालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनालले समावेशी र दिगो विकासको लागि रुपन्तरण, नवप्रबर्द्धन र डिजिटलाइजेसन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नवप्रबर्द्धन र डिजिटल प्रविधिलाई समावेशी र दिगो विकासको प्रमुख आधार बनाउन सकिने विषयमा गहन छलफल भएको जानकारी दिनुभयो ।
सन् २०१० मा पहलिोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको कलेजले १४ बर्ष पछि दोस्रोपटक सम्मेलन गरेको हो । कलेज संञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले यस सम्मेलन आर्थिक समावेशीकरण, स्रोतको दिगो व्यवस्थापन र प्रविधि विकासलाई मानब कल्याण र वातावरणीय सन्तुलनमा केन्द्रित भएको वताउनु भयो ।
प्रविधिको रुपान्तरणले समावेशी विकासमा कसरी महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने बिषयमा समेत विचार बिमर्श भएको उहाँले जानकारी दिनु भयो ।